इन्टर्नेट (ईमेल) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

इन्टर्नेट (ईमेल) सेवाको अनुमतिपत्र खारेज गरिएको सम्बन्धि अत्यन्त जरुरी सूचना

प्रथम पटक प्रकाशित मिति: २०८१/०९/२२

नेपाल दूरसञ्चार प्राधिकरणबाट श्री डल्फिन नेट कम्युनिकेशन प्रा.लि. (Dolfin Net Communication Pvt. Ltd.), बिरगंज-११, श्रीपुर, पर्सालाई मिति २०७६/०९/०६ मा प्रदान गरिएको इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमतिपत्र (फि.ज. १-१६६) नवीकरणका लागि तोकिएको समयावधि भित्र नियमानुसार निवेदन पेश नगरेकोले उक्त अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) बमोजिम मिति २०८१/०९/०६ देखि स्वतः रद्ध भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त प्रा.लि.ले नियमानुसार तिर्न/बुझाउन पर्ने रकमका सम्बन्धमा यो सूचना जारी भएको मितिले ३० दिन भित्र यस कार्यालयमा सम्पर्क गर्न समेत सुचित गरिएको छ | अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

 

नेपाल दूरसञ्चार प्राधिकरण

जमल, काठमाडौं, नेपाल ।

जि.पि.ओ. बक्स. ९७५४

फोन नं. ‌+९७७-१-५३५५२५०

फ्याक्स नं. +९७७-१-५३५५२५०

इमेलः ntra@nta.gov.np,

वेवसाइटः www.nta.gov.np