शेयर संरचना परिवर्तन गर्नुपुर्व स्वीकृति लिने सम्बन्धी अत्यन्त जरुरी सूचना

शेयर संरचना परिवर्तन गर्नुपुर्व स्वीकृति लिने सम्बन्धी अत्यन्त जरुरी सूचना

 

प्रथम पटक प्रकाशित मितिः २०८१/०९/१८

 

नेपाल दूरसञ्चार प्राधिकरणबाट दूरसंचार सेवा संचालन गर्नको लागि अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) (ट) तथा नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद विक्री) विनियमावली, २०७६ बमोजिम “चुक्ता पुजीको पाँच प्रतिशत भन्दा बढी शेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनु पर्ने “ कानूनी व्यवस्था रहेको हुँदा सम्बन्धित दूरसञ्चार सेवा प्रदायकहरुले आफ्नो संस्था/कम्पनी/प्रा.लि. को शेयर खरिद/बिक्री तथा शेयर संरचना परिवर्तन गर्नुपुर्व प्राधिकरणबाट स्वीकृति लिनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ । उल्लेखित व्यवस्था अनुसार दूरसञ्चार सेवा प्रदायकहरुले प्राधिकरणको स्वीकृत नलिई शेयर खरिद/बिक्री तथा शेयर संरचना परिवर्तन गरेको/भएको देखिएमा नियमानुसार कारवाही प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ |

 

नेपाल दूरसञ्चार प्राधिकरण

जमल, काठमाडौं, नेपाल ।

जि.पि.ओ. बक्स. ९७५४

फोन नं. ‌+९७७-१-५३५५२५०

फ्याक्स नं. +९७७-१-५३५५२५०

इमेलः ntra@nta.gov.np,

वेवसाइटः www.nta.gov.np